Khabarpato logo

         

फिचर/स्थानीय विकास

भरतपुरमा पूर्वजनप्रतिनिधि मञ्च गठन

खबरदाता

खबरदाता

भरतपुरमा पूर्वजनप्रतिनिधि मञ्च गठन

भरतपुर महानगरपालिका पूर्वजनप्रतिनिधि मञ्च गठन गरिएको छ । सोमबार महानगरका पूर्वजनप्रतिनिधिको भेलाले मञ्च गठन गरेको हो । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा वडा- १० का वडाध्यक्ष अरुणपीडित भण्डारीको संयोजकत्वमा मञ्चको तदर्थ समिति गठन गरिएको छ ।

समितिको सहसंयोजकमा चन्द्रमित्र पण्डित, सचिवमा पदमपाणि सुवेदी, कोषाध्यक्षमा विजय भुजेल, सहसचिवमा पवित्रा केसी र सदस्यमा नरिनारायण पौडेल, नरेन्द्रकुमार कन्दङ्वा, दामोदर न्यौपाने, कान्छा मल्ल, चक्र रुचाल र धनकुमारी विक छन् ।

२०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले महानगरपालिकाको विकास निर्माणमा सहयोग पर्‍याउने उद्देश्यले मञ्च गठन गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । उनले अहिलेका जनप्रतिनिधिलाई आफ्नो कार्यकालको अनुभव बाँड्नका लागि पनि मञ्चले सहयोग पुर्‍याउने बताए । 

'मञ्च गठनपछि महानगरपालिकासँग छुटेको सम्बन्ध फेरि जोडिनेछ', सचिव पदमपाणि सुवेदीले भने, 'हाम्रो सक्रियता फेरि बढ्नेछ ।' उबले यो समितिलाई निरन्तरता दिइने भन्दै वर्तमान जनप्रतिनिधि पनि निवर्तमान भएपछि मञ्चमा आबद्ध भएर काम गर्ने बताए ।

भरतपुरका सबै वडाको समानुपातिक विकासका लागि महानगरपालिका र वर्तमान जनप्रतिनिधिसँग छलफलसमेत गरिने सुवेदीले जानकारी दिए । पूर्वजनप्रतिनिधिको मञ्च सबै वैचारिक एकताको मञ्चसमेत भएको उनको भनाइ छ ।

महानगरपालिका भएपछिको पहिलो कार्यकाल सफल रहेको मञ्चका सहसंयोजक चन्द्रमित्र पण्डितले बताए । उनले आफूहरूको कार्यकालमा महानगरका १३४ वटा कार्यविधि बनाएको जनाउँदै तिनै कार्यविधिअनुसार अहिले वडा सञ्चालन भइरहेको बताए । 

कार्यक्रममा भरतपुर महानगरपालिकाका निवर्तमान उपप्रमुख  पार्वती शाह ठकुरीको समेत उपस्थिति थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…