Khabarpato logo

         

फिचर/स्थानीय विकास

विकास बजेट खर्चमा कमजोर उपत्यकाका स्थानीय तह

खबरदाता

खबरदाता

विकास बजेट खर्चमा कमजोर उपत्यकाका स्थानीय तह

चाँगुनारायण नगरपालिकाले ८१ प्रतिशत बजेट खर्च गर्‍यो

आर्थिक वर्ष २०७९/०८० मा चाँगुनारायण नगरपालिकाले ८१ दशमलव २६ प्रतिशत बजेट खर्च गरेको छ । काठमाडौं उपत्यकाका २१ वटा स्थानीय तहमध्ये चाँगुनारायण सबैभन्दा बढी बजेट खर्च गर्ने स्थानीय तह बनेको छ । 

चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीका अनुसार नगरपालिकाले चालूतर्फ रु ८० करोड १० लाख ७७ हजार रुपैयाँ विनियोजन गरेकामा ६७ करोड २१ लाख २ हजार रुपैयाँ (८३ दशमदव ९ प्रतिशत) र पुँजीगततर्फ १ अर्ब ३३ करोड ७२ लाख २७ हजार रुपैयाँ विनियोजन गरेकामा १ अर्ब ६ करोड ५५ लाख ६९ हजार रुपैयाँ (७९ दशमलव ६९ प्रतिशत) खर्च गरेको छ ।

नगरपालिकाले चालू र पुँजीगततर्फ गरेर कुल २ अर्ब १३ करोड ८३ लाख ५ हजार रुपैयाँ विनियोजन गरेकामा कुल १ अर्ब ७३ करोड ७६ लाख ७२ हजार रुपैयाँ खर्च गरेको छ । 

'चाँगुनारायण उपत्यकामै विकास बजेट बढी खर्च गर्ने स्थानीय तह बनेको छ', उनले भने । आर्थिक वर्ष सुरु हुनेबित्तिकै विकासका योजनालाई पूर्णता दिन बोलपत्र आह्वान गर्नेदेखि उपभोक्ता समिति गठन गरेर तीव्र गतिमा विकासका कार्यलाई अगाडि बढाउने गरेकाले विकासलाई तीव्रता र पूर्णता दिन सफल भएको प्रमुख खत्रीले बताए ।

यसैगरी सूर्यविनायक नगरपालिकाले भने पुँजीगततर्फ १ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेकामा ६४ करोड ७६ लाख रुपैयाँ (६३ प्रतिशत) मात्र विकास बजेटतर्फ खर्च गरेको छ । त्यस्तै, मध्यपुर थिमि नगरपालिकाले पुँजीगततर्फ १ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेकामा ६० करोड ११ लाख रुपैयाँ (५३ दशमलव ९९ प्रतिशत) खर्च गरेको छ । 

यस्तै, भक्तपुर नगरपालिकाले पुँजीगतर्फ ७३ करोड ५८ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा ३९ करोड ९२ लाख ९० हजार रुपैयाँ (५४ दशमलव २७ प्रतिशत) खर्च गरेको छ । भक्तपुुर जिल्लाका ४ वटा पालिकामध्ये विकास बजेट सबभन्दा कम खर्च गर्नेमा भक्तपुर नगरपालिका रहेको छ । भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले भने विकास बजेट खर्चको लक्ष्य हासिल गर्न सकेनन् । 

आर्थिक वर्ष २०७९/०८० मा पुँजीगततर्फ बजेट खर्चने उपत्यकाका २१ वटा पालिकामध्ये ललितपुर जिल्लातर्फ ललितपुर महानगरपालिकाले ५५ प्रतिशत, गोदावरी नगरपालिकाले ६८ दशमलव १७ प्रतिशत, महालक्ष्मी नगरपालिकाले ४३ दशमलव १७ प्रतिशत, कोन्ज्योसोम गाउँपालिकाले ७८ दशमलव ३७ प्रतिशत, बागमती गाउँपालिकाले ७९ दशमलव ५९ प्रतिशत, महाँकाल गाउँपालिकाले ५६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेका छन् । 

त्यस्तै, काठमाडौँ महानगरपालिकाले २५ दशमलव ८४ प्रतिशत, चन्द्रागिरि नगरपालिकाले ५९ दशमलव ६२ प्रतिशत, नागार्जुन नगरपालिका ४१ दशमलव २८ प्रतिशत, कीर्तिपुर नगरपालिकाले ५९ दशमलव ८६ प्रतिशत, टोखा नगरपालिकाले ६६ प्रतिशत, दक्षिणकाली नगरपालिकाले ७२ दशमलव ३३ प्रतिशत, शङ्खरापुर नगरपालिकाले ४६ दशमलव ५७ प्रतिशत, तारकेश्वर नगरपालिकाले ६७ दशमलव ३८ प्रतिशत, बूढानीलकण्ठ नगरपालिकाले ३८ प्रतिशत, कागेश्वरी मनोहरा नगरपालिकाले ६० प्रतिशत तथा गोकर्णेश्वर नगरपालिकाले ६८ दशमलव २ प्रतिशत विकास बजेट खर्च गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…