Khabarpato logo

         

फिचर/स्थानीय विकास

भरतपुर महानगरपालिका र चीनको सिगात्सेबीच सहयोग आदानप्रदान

खबरदाता

खबरदाता

भरतपुर महानगरपालिका र चीनको सिगात्सेबीच सहयोग आदानप्रदान

भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच एकापसमा सहयोग आदानप्रदान गर्ने दुई पक्षीय सहमति भएको छ । ती २ शहरका बीचमा  भगिनी सम्बन्ध कायम रहेको छ ।

भरतपुर  महानगरपालिका प्रमुख रेनु दाहाल र सिगात्से शहरका मेयर वाड्ग फड्ग हुड्गबीच दुई पक्षीय सहमति भएको हो । २ शहरबीच एकापसमा सहयोग आदनप्रदान गर्दै यहाँका जनताका बीचमा सुमधुर सम्बन्ध कायम गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ । 

हिमाली शहर सिगात्सेको निमन्त्रणामा सिगात्से पुगेको भरतपुर महानगरपालिकाका प्रतिनिधिमण्डलबीच प्रविधि आदानप्रदान, कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै भगिनी सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुे दुवै शहरका प्रमुखबीच सहमति भएको हो ।

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरपालिका पूर्वाधार विकासका साथै कृषि, पर्यटन र स्वास्थ्य सेवाको क्षेत्रमा अगाडि बढिरहेको जनाउँदै सिगात्से सरकार र यहाँका व्यवसायीलाई नेपालको भरतपुरमा लगानी गर्न आग्रह गरिन् । 

सो अवसरमा प्रमुख दाहालले सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको रूपमा विशेष कार्यक्रम गरी मनाउन लागेको जनाउँदै भरतपुर भ्रमण वर्षमा सहभागी हुन सिगात्से शहरका मेयर हुड्गसहित उनको टिम र सिगात्सेवासीलाई निमन्त्रणा गरेकी थिइन् ।

सो अवसरमा सिगात्से सिटीका प्रमुख हुड्गले भरतपुर र सिगात्से शहरको सम्बन्धलाई जनस्तरमा देखिनेगरी स्वागत गर्न आफूहरू सधैँ तयार रहेको बताए । कोभिड- १९ को महामारीको समयमा पनि भरतपुरका नागिरकको जीवन रक्षाका लागि स्वास्थ्य सामग्री प्रदान गरेर सानै भए पनि सहयोग पुर्‍याएको स्मरण गरे ।

सो अवसरमा प्रमुख हुड्गले नेपाल र तिब्बत क्षेत्रसँग व्यवस्थित सडक र रेल सञ्जालमार्फत जोडेर २ देशले लाभ लिनेगरी चीन सरकारले आयोजना अगाडि बढाउन पहल गरिरहेको जनाउँदै त्यसका लागि नेपाल सरकारको ध्यानाकर्षण गरिदिन महानगर प्रमुख दाहालमार्फत आग्रह गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर र सिगात्सेबीच कायम रहेको भगिनी सम्बन्धलाई दुई पक्षीय भ्रमणका माध्यमबाट अझ प्रगाढ बनाउँदै लैजानुपर्ने बताएका थिए । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले सिगात्से शहरको भ्रमणले २ शहरबीचको पारस्परिक विश्वासमा थप टेवा पुर्‍याएको बताए ।

महानगरपालिका प्रमुख दाहालको नेतृत्व रहेको ८ सदस्यीय प्रतिनिधिमण्डलले सिगात्से शहरका ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका क्षेत्रको अवलोकन, सडक सञ्जाल हरियाली प्रवर्द्धनका साथै औद्योगिक क्षेत्र र भरतपुरको साइलेज घाँसमार्फत पशुपालन गरिएको एभरेस्ट एग्रो फार्मको अवलोकन गरेको जनाइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…