Khabarpato logo

         

फिचर/स्थानीय विकास

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

खबरदाता

खबरदाता

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । 

लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका- ४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका- १० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो । बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको छ । वर्षा रोकिएपछि सडक खुलाउन थाल्ने प्रहरी नायव उपरीक्षक केसी बताउँछन् । 

लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका स्थानबाट बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौंलगायतका स्थानमा पुग्ने यातायातका साधन सडकमै ठप्प छन् । यात्रु बाटोमै अलपत्र परेका छन् । काठमाडौंदेखि पूर्वी रुकुम र निसीखोलाको विभिन्न स्थानमा यातायातका साधन सडकमै रोकिएका स्थानीय नरबहादुर क्षेत्रीले जानकारी दिए ।

कालीगण्डकी कोरिडोरमा चल्ने बागलुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारी साधन पनि ठप्प छन् । सडक अवरुद्ध भएपछि दक्षिणी क्षेत्रमा सामान ढुवानी गर्नसमेत समस्या भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…