Khabarpato logo

         

फिचर/स्थानीय विकास

किसानलाई प्रतिफलमा आधारित अनुदान

खबरदाता

खबरदाता

किसानलाई प्रतिफलमा आधारित अनुदान

रुपन्देहीको सियारी गाउँपालिकाले स्थानीय किसानलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा साढे ३ करोड रुपैयाँभन्दा बढी रकम विभिन्न क्षेत्रका किसानलाई अनुदानबापत दिइएको छ । 

उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले प्रतिफलमा आधारित अनुदान कार्यक्रम लागू भएको र किसानलाई जग्गा खाली नराख्न आग्रह गरे । सियारीले १० कठ्ठासम्ममा माछापालक कृषकका लागि प्रतिकिलो ५ रुपैयाँ अनुदान दिँदै आएको छ । गत आवमा मात्र ३७५ किसानलाई २३ लाख २५ हजार रुपैयाँ अनुदानबापत दिइएको थियो ।

आर्थिक विकास शाखा प्रमुख गणेशप्रसाद खनालका अनुसार गाउँपालिकाले सियारीभित्रका २ हजार ३१७ दशमलव ९३ कठ्ठामा २३ वटा पोखरीमा माछापालन गर्ने किसानलाई अनुदानबापतको रकम प्रदान गरेको हो । यी पोखरीबाट ४ लाख ६५ हजार ११५ किलो माछा उत्पादन भएको उनले बताए ।

त्यसैगरी प्रतिफलमा आधारित अनुदान कार्यक्रमअन्तर्गत दूध उत्पादन कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षको जेठ महिनासम्ममा १५ लाख ९१ हजार ५३५ लिटरको ३९ लाख ७८ हजार रुपैयाँ अनुदानबापतको रकम वितरण गरिएको छ  ।

यस्तै, सियारीभित्रका कृषकको हितका लागि भैरहवा लुम्बिनी भूमिगत जल परियोजनाबाट सिँचाइ गर्नेलाई सिँचाइमा ५० प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षको जेठ महिनासम्म १७ लाख ३८ हजार रुपैयाँ प्रदान गरेको प्रमुख खनालले बताए ।

पशुमा निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रमअन्तर्गत जेठ महिनासम्म ३ हजार ७१२ गाई-भैँसीलाई निःशुल्क कृत्रिम गर्भाधान गरिएको र त्यसबापत कुल १३ लाख रुपैयाँ अनुदानवापत किसानको खातामा रकम पठाइएको छ । गाउँपालिकाले कृषकलाई घाँस खेतीमा प्रोत्साहन गर्न भन्दै घाँसको बिउमा ५० प्रतिशत अनुदान दिएको छ ।

पालिकाले असारसम्ममा १ हजार ६३४ हेक्टरमा खेती गर्ने ३८८ कृषकलाई ६ लाख २४ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

त्यसैगरी गाउँपालिकाले यान्त्रीकरणमा पनि सहयोग गर्दै आएको छ । ६७ कृषकलाई ११ लाख ३३ हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै, गहुँको बपउ खरिदका लागि ४० लाख, मकैमा ७ लाख ५० हजार, तोरीमा १२ लाख, चैते धान खेतीलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्नका लागि उन्नत बिउ खरिदका लागि २५ लाख रुपैयाँ अनुदानबापत कृषकको खातामा रकम पठाइएको छ ।

तथ्याङ्क व्यवस्थित गर्नका लागि गाउँपालिकाले पालिकाभित्रका कृषकलाई कृषक कार्ड वितरण कार्य प्रभावकारी बनाएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…