Khabarpato logo

         

फिचर/स्थानीय विकास

‘एक घर, एक धारा’

खबरदाता

खबरदाता

‘एक घर, एक धारा’

म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका- ७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ ।  खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो ।

 १ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट २१४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फतबहादुर खत्रीले जानकारी दिए । 

'आर्थिक वर्ष २०७३/०७४ मा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएकामा २०७७/०७८ देखि निर्माण सुरु भएको थियो', उनले भने, 'यस आयोजनाको काफलडाँडा र बगरको स्किम यसअघि नै निर्माण सकिएको थियो । धारापानीमा सबै घरमा धारा जडान गरेर खानेपानी वितरण भएको छ ।'

धारापानीकी मञ्जु थापाले घरमै जडान भएको धारामा नियमित खानेपानी आपूर्ति हुन थालेपछि समयको बचत र झन्झट हटेको बताइन् । 'पहिले सार्वजनिक धाराबाट पानी ल्याउन पालो कुर्नुपर्ने थियो', उनले भनिन्, 'घरमै धारा बनेपछि खानेपानीका कारणले विवाद हुन छाडेको छ ।'

यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने आयोजनाको संरचना जीर्ण हुँदा नियमित खानेपानी आपूर्ति नहुने समस्या थियो । धारापानीका बासिन्दा खानेपानी लिन, स्नान र कपडा धुन पँधेरा भन्ने ठाउँमा पुग्ने गर्थे ।

उपभोक्ताको श्रमदानबाहेक १ करोड ११ लाख ९८ हजार २४२ रुपैयाँको लागतमा आयोजना निर्माण भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले अनुमानित लागतभन्दा कम खर्चमा आयोजना निर्माण सकिएको बताए । 

'१ करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो', उनले भने, 'ठेक्कामार्फत काम गर्ने हिसाबले तयार पारिएको लागत अनुमानमा उपभोक्ताले काम गर्दा कर, फिजिकल, आर्थिक प्रशासनिक परामर्श शीर्षकको खर्च घटेको छ ।' कुल लागतको २० प्रतिशत बराबर उपभोक्ताले श्रमदान गरेका छन् । 

कोतखोलाको उत्तिसिनेमा मुहान रहेको आयोजनाको मुख्य पाइप लाइनमा ७५ एमएमको ९ हजार ४९० मिटर पोलिथिन र १ हजार ३०८ मिटर जीआई पाइप जडान भएको छ । २० हजार १३५ मिटर शाखा पाइप लाइन बनाइएको छ । मुख्य र शाखा पाइप लाइन खन्ने र पुर्ने काममा २९ लाख ७४ हजार ८९५, पाइप र फिटिङका सामान खरिदमा २४ लाख ३२ हजार ४६० रुपैयाँ खर्च भएको छ ।

१०० र २० घनमिटर क्षमताको रिजर्भ ट्याङ्की, सामग्री भण्डारगृह, एउटा डीसी र एउटा बीपीटीसहितका संरचना बनाउन ५७ लाख ९० हजार ८८६ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…