Khabarpato logo

         

खेलकुद

बक्सर घिमिरेलाई उपाधि

खबरदाता

खबरदाता

बक्सर घिमिरेलाई उपाधि

नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् । 

‘हिमालय चितुवा’का रूपमा विश्व प्रसिद्ध घिमिरेले दक्षिण कोरियाली खेलाडी याङलाई किक बक्सिङ प्रतियोगितामा नकआउट गरेका थिए । सो प्रतियोगितामा भिड्ने घिमिरे पहिलो नेपाली बक्सर हुन । प्रतियोगिताको पुरुष स्पर्धामा घिमिरेले १ मिनेट ५५ सेकेण्डमै प्रतिद्वन्द्वी याङलाई रिङमा ढालेका थिए । जापानमा रहेर किक बक्सिङको व्यवसायिक खेल खेल्दै आएका बक्सर घिमिरेले बक्सिङ हिट प्रतियोगिताका १३ खेल जितिसकेका छन् । उनले ३ पटक टाइटल म्याचको उपाधि नित्न सफल भएका छन् । 

घिमिरेले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड्स, थाइल्यान्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल भएका छन् । 

घिमिरे जापानको नागोयामा शहरमा आफ्ना पिता पूर्व अन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका- १२  गुर्जुधारा बलम्बुवासी घिमिरेको परिवार केही वर्षदेखि जापानको नागोयामा बस्दै आएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …