Khabarpato logo

         

अर्थ/वाणिज्य

आईपीओ रिजल्ट हेर्न सीडीएसको नयाँ वेबसाइट

खबरदाता

खबरदाता

आईपीओ रिजल्ट हेर्न सीडीएसको नयाँ वेबसाइट

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्काशन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ ।

धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेपछि सीडीएसले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । अबदेखि धितोपत्र बाँडफाँटको नतिजा iporesult.cdsc.com.np मार्फत हेर्न सकिनेछ ।

धितोपत्र बाँडफाँटको नतिजा सम्बन्धित निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको भए पनि ती कम्पनीका वेबसाइटले चाप थाम्न नसक्दा लगानीकर्ताले सहजै नतिजा हेर्न सकेका थिएनन् ।

विभिन्न अनलाइन सञ्चार माध्यमले शेयर बाँडफाँटको नतिजा हेर्न सक्ने गरी राख्दा लगानीकर्ताको गोपनीयतामा असर गरेको भन्दै सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्र हेर्न सकिने बनाइएको थियो ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बाँडफाँटको नतिजा सो कम्पनीको वेबसाइट तथा उक्त सार्वजनिक निष्काशनको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको वेबसाइटमा राखिएकामा लगानीकर्ताको अत्यधिक चापका कारण दुवै वेबसाइटले काम गर्न सकेका थिएनन् ।

दिनभरजसो उक्त वेबसाइट ‘डाउन’ भएको थियो । कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटले काम नगरेपछि लगानीकर्ताको चाप मेरो शेयरमा परेको थियो । यसका कारण मेरो शेयरको अन्य सेवा शुक्रबार दिनभरजसो नै प्रभावित भएको थियो । 

सार्वजनिक निष्काशनको नतिजा मात्र राखिने उक्त वेबसाइट सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्न सक्ने गरी उच्च क्षमतामा तयार गरिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

सार्वजनिक निष्काशनका लागि करिब १५ लाखले आवेदन दिने गरेका छन् । सो वेबसाइटमा लगानीकर्ताले सार्वजनिक निष्काशन भएका धितोपत्र बाँडफाँटको नतिजा बाँडफाँट सम्पन्न हुनेबित्तिकै हेर्न सक्नेछन् । 

उक्त वेबसाइटमा हाल महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँटको नतिजा अपलोडसमेत गरिएको छ । उक्त ठेगानामार्फत लगानीकर्ताले आफ्नो नतिजा हेर्न सक्नेछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…