Khabarpato logo

         

खेलकुद

नेपालले खेल्ने एक दिवसीय र टी-२० विश्वकप छनोटका सबै खेल प्रत्यक्ष प्रसारण

खबरदाता

खबरदाता

नेपालले खेल्ने एक दिवसीय र टी-२० विश्वकप छनोटका सबै खेल प्रत्यक्ष प्रसारण

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०२३ सम्मका एक दिवसीय र टी-२० विश्वकपको छनोट चरणका सबै खेल इन्टरनेटबाट प्रत्यक्ष प्रसारण गर्ने भएपछि ८० वटा एसोसिएट देशका क्रिकेटप्रेमीमा उत्साह छाएको छ । 

आईसीसीले इभेन्ट र मिडिया कम्पनी आईएमजीसँग सन् २०२३ सम्मका लागि सम्झौता गरेपछि कतपिय एसोसिएट देशका खेल इन्टरनेटमार्फत पहिलो पटक प्रत्यक्ष प्रसारण हुने भएको छ ।

सम्झौताअनुसार अब छनोटका ५४१ वटा खेल इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण हुनेछन्, जसमा ४१ वटा छनोट प्रतियोगिता छन् ।

आईसीसी एक दिवसीय विश्वकप २०२३ को छनोट, आइसीसी वुमेन्स टी-२० विश्वकप २०२३ को छनोट र आईसीसी टी-२० विश्वकप २०२२ को छनोटका खेलहरू आईएमजीले इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ । 

प्रत्यक्ष प्रसारण हुने कुल ५४१ खेलमध्ये १४५ वटा खेल महिलाका हुनेछन् । तीमध्ये ८० वटा एसोसिएट देशका खेलको प्रत्यक्ष प्रसारण हुनेछन् । 

नेपालले प्रतिस्पर्धा गर्ने आईसीसी विश्वकप लिग-२ का बाँकी खेल पनि अब इन्टरनेटबाट प्रत्यक्ष प्रसारण हुनेछन् । यो प्रतियोगिता आईसीसी एक दिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगिता हो ।

यस्तै, नेपालले प्रतिस्पर्धा गर्ने आईसीसी टी-२० वुमेन्स विश्वकप २०२३ को छनोट र आईसीसी टी-२० विश्वकप २०२२ को छनोट पनि अब इन्टरनेटमार्फत नेपाली क्रिकेटप्रेमीले हेर्न पाउनेछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …