Khabarpato logo

         

फिचर/स्थानीय विकास

बाइडेन प्रशासनको अन्तरिम सुरक्षा रणनीति: चीनसँग दूरी कायम राख्दै भारतसँगको सम्बन्ध प्रबल बनाउने

एजेन्सी

एजेन्सी

बाइडेन प्रशासनको अन्तरिम सुरक्षा रणनीति: चीनसँग दूरी कायम राख्दै भारतसँगको सम्बन्ध प्रबल बनाउने

बाइडेन प्रशासनले बुधबार सार्वजनिक गरेको एउटा राष्ट्रिय सुरक्षासम्बन्धी मार्गनिर्देशक प्रतिवेदनमा युरोप र इन्डो-प्यासिफिक जस्ता महत्त्वपूर्ण क्षेत्रहरूसँग गहिरो सम्बन्ध बनाउन ती क्षेत्रहरूमा सेनाको सशक्त उपस्थिति रहने प्रतिबद्धता जनाइएको छ । 

२१ पृष्ठ लामो उक्त प्रतिवेदनमा सुरक्षा रणनीतिको एक हिस्साका रूपमा भारतसँगको सम्बन्ध अझ सुदृढ गर्ने बाइडेन प्रशासनको लक्ष्य रहेको जनाइएको छ ।

चीनलाई बढ्दो संकट र रसियालाई अस्थिरताको उत्पादकका रूपमा चित्रण गरिएको त्यस प्रतिवेदनमा ती २ देशलाई 'अमेरिकाले सामना गर्नुपर्ने मुख्य प्रतिद्वन्द्वी' भनी सम्बोधन गरिएको छ ।

बहुप्रतीक्षित त्यस प्रतिवेदनमा चीनलाई 'स्थिर र उदार अन्तर्राष्ट्रिय प्रणालीमा दिगो चुनौती खडा गर्नका लागि आर्थिक, कूटनीतिक, सामरिक र प्राविधिक शक्तिको एकमुष्ठ प्रयोग गर्न सक्ने आन्तरिक क्षमता भएको एक मात्र प्रतिस्पर्धी' भनिएको छ ।

अमेरिकी सेनाको प्यासिफिक कमान्डलाई इन्डो-प्यासिफिक कमान्ड नामकरण गर्ने उल्लेख गर्दै उक्त प्रतिवेदनमा कोभिड- १९ महामारी, आर्थिक पुनरुत्थान, आप्रवासी सम्बद्ध विषयहरू, साम्प्रदायिक न्याय, प्रजातन्त्रका चुनौतीहरू, उग्रवादको उदयलगायत राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयहरू र राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन र विश्व व्यापार संंगठन जस्ता बहुपक्षीय मञ्चहरूका समस्यासँग सामना गर्न बाइडेन प्रशासनको विधिलाई लिपिबद्ध गरिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आफ्नो विदेश नीतिसम्बन्धी मुख्य भाषणमा भनेझैँ उक्त अन्तरिम प्रतिवेदनमा बाइडेन प्रशासनले देखेबमोजिमको विश्वव्यापी विषय समावेस गरेको, अमेरिकी विदेश नीतिका प्राथमिकताहरूको व्याख्या गरिएको र विशेषगरी आगामी चुनौतीहरूको सामना गर्न अमेरिकाले कसरी आफूलाई सक्षम बनाउनेछ भन्नेजस्ता रणनीतिक कुराहरू समेटिएका छन् ।

अमेरिकाका पुराना मित्र राष्ट्रहरूसँगको निकटतालाई सुदृढ गर्दै भारत र आसियान आबद्ध दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सम्बन्धमा 'हामी भारतसँगको सम्बन्धलाई गहिराइसम्म लैजानेछौँ साथसाथै सिङ्गापुर, भियतनाम र दक्षिणपूर्वी एसियाका आसियानका सदस्य मुलुकहरूसँग समान उद्देश्यका आधारमा गरिने सहकार्यलाई अगाडि बढाउनेछौँ', उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सैन्य हस्तक्षेपको सन्दर्भमा अमेरिका 'सधैँभर युद्ध'को विपक्षमा भए तापनि आतंककारीका विरुद्ध हुने युद्ध जारी रहने र आफ्ना सहकर्मीहरूसँग सहकार्य गर्दै आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गरी आफ्ना स्वार्थको रक्षा गर्न अमेरिका इन्डो-प्यासिफिक क्षेत्र र युरोपमा सशक्त रूपमा  उपस्थित हुनुपर्ने अवस्थामा रहेको बताइएको छ ।

चीनका सम्बन्धमा अझ आक्रामक ढंगले प्रस्तुत हँदै त्यस सुरक्षा प्रतिवेदनमा भनिएको छ, 'हामी तिनीहरूका बाह्य हस्तक्षेपबिना स्वतन्त्र रूपले आफ्ना राजनीतिक विकल्पका अधिकारको संरक्षण गर्न चीनका छिमेकी मुलुकहरूलाई समर्थन गर्नेछौँ ।'

आलोचकहरूले अमेरिकाको चीन र दक्षिणपूर्वी एसियाप्रतिको अमेरिकी नीति बाहिरी विश्वमा शान्तिको संदेश प्रवाह गर्न र उत्साहको संचार गर्न सफल हुन नसकेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…