Khabarpato logo

         

खेलकुद

महिला टी-२० च्याम्पियन्स कप २०२७ र २०३१ मा

एजेन्सी

एजेन्सी

महिला टी-२० च्याम्पियन्स कप २०२७ र २०३१ मा

अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला क्रिकेटका खेलहरूको दायरालाई अझ फराकिलो पार्दै आईसीसीको विश्वव्यापी रूपमा खेलको दायरा बढाउने पूर्वप्रतिबद्धताबमोजिम सन् २०२६ पछि महिला विश्वकप र महिला टी-२० विश्वकपमा समेत अरू बढी टोलीहरूले प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ ।

एउटा प्रेस वक्तव्य जारी गर्दै आईसीसीले सन् २०२५ र सन्  २०२९ मा २ वटा ५० ओभरका खेलहरू र सन् २०२४, २०२६, २०२८ र २०३० मा ४ वटा टी-२० विश्वकपको तालिका सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटको त्यस नियामक निकायले सन् २०२७ र सन् २०३१ मा नयाँ फर्म्याटको महिला टी-२० च्याम्पियनसीप खेलाउने घोषणासमेत गरेको छ ।

महिला क्रिकेटको विकासमा आफ्नो महत्त्वाकांक्षी योजना सफल हुँदै गएको बताउँदै त्यसको परिणाम सन् २०२० मा सम्पन्न महिला टी-२० विश्वकप खेलको लोकप्रियताबाट अनुमान लगाउन सकिने सम्बद्ध पदाधिकारीहरूले उल्लेख गरेका छन् । महिला  क्रिकेटको इतिहासमै सबैभन्दा बढी, १ अर्ब १ करोड पटक हेरिरहेको उक्त फाइनल खेल प्रत्यक्ष  हेर्नका लागि अस्ट्रेलियाको मेल्बर्न क्रिकेट मैदानमा ८० हजारभन्दा बढी दर्शक उपस्थित भएका थिए ।

खेल विश्लेषकहरूले आईसीसीको उक्त घोषणाले महिला क्रिकेटरहरूलाई उत्साहित बनाउने प्रतिक्रिया दिएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …