Khabarpato logo

         

खेलकुद

सी डिभिजन लिग आजदेखि सुरु, १४ टिमका ५२ खेल हुने

खबरदाता

खबरदाता

सी डिभिजन लिग आजदेखि सुरु, १४ टिमका ५२ खेल हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदै छ । गत वर्ष हुनुपर्ने लिग कोरोना महामारीका कारण रोकिएको थियो ।

यस पटक एन्फाले नयाँ संरचनामा सी डिभिजन लिग आयोजना गर्ने जनाएको छ । १४ टिमले प्रतिस्पर्धा गर्ने लिगमा जम्मा ५२ वटा खेल हुनेछन् । यसबाट ३ वटा टीम बी डिभिजनमा बढुवा हुनेछन् भने एउटा टिम रेलिगेसनमा पर्नेछ ।

लिगमा सहभागी १४ वटा क्लबलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युथ एफसी, मनोहरा युनाइटेड क्लब, सानो गौचरण युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर क्लब र झापा एफसी छन् ।

समूह ‘बी’ मा प्लानिङ ब्वाइज युनाइटेड, ओसिस क्लब, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भू क्लब, वीरगन्ज युनाइटेड क्लब र चर्च ब्वाइज युनाइटेड क्लब छन् ।

दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । २ समूहका कूल ४२ वटा खेल हुनेछन् । पहिलो चरणपछि सुपर लिग हुनेछ, जसमा ९ खेल हुनेछन् भने रेलिगेसनका लागि एउटा प्लेअफ खेल हुनेछ ।

समूह ‘ए’मा रहेका खालीबारी युथ क्लब र झापाबीच आज उद्घाटन खेल हुँदै छ । समूह ‘बी’मा रहेका ओसिस र चर्च ब्वाइजबीच अर्को खेल हुनेछ । पहिलो चरणको अन्तिम खेल २४ चैतमा समाज कल्याण खेलकुद केन्द्र र महावीर क्लब तथा स्वयम्भू र वीरगन्जबीच हुनेछ ।

पहिलो चरणको खेलपछि दुवै समूहका शीर्ष ३ स्थानमा रहने टोली दोस्रो चरण अर्थात सुपर सिक्समा प्रवेश गर्नेछन् । जहाँ एक टिमले तीन खेल खेल्नेछ । सुपर सिक्सका एउटा समूहको क्लबले अर्को समूहको तीन क्लबसँग मात्र खेल्नेछ ।

त्यस्तै दुवै समूहको पुछारमा रहने टोलीबीच रेलिगेसनको लागि प्लेअफ खेल हुनेछ । उक्कत खेलमा पराजित हुने टोली ‘सी’ डिभिजन क्वालिफायरमा घटुवा हुनेछ । सुपर लिगको ९ खेलपछि शीर्ष तीन टोली ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …