Khabarpato logo

         

बहस

के हो देउवाको रहस्यमय माैनताको अर्थ ?

विभूति शर्मा

विभूति शर्मा

के हो देउवाको रहस्यमय माैनताको अर्थ ?

पछिल्लो समय देशमा बढेको राजीतिक अन्योल र अस्थिरताका कारण समग्र मुलुक नै जर्जर र अशान्त बन्दै गएको छ । लामो समयको हिंसा, काटमार र अन्योलबाट मुक्तिको आमअपेक्षा क्रमशः धुलिसात् हुँदै गएको अवस्था छ ।

अघिल्लो निर्वाचनमा एमाले–माओवादी केन्द्रको बामपन्थी गठबन्धनलाई झण्डै दुई तिहाइ मतसहित स्थिर सरकार र शान्ति अनि विकास र समृद्धिको अपेक्षा गरेर एमाले–माओवादी केन्द्रलाई सत्तारोहण गराए । यहीबीच यी २ बामपन्थी दलबीच एकता प्रयास भयो । एकता प्रक्रिया चल्दै गर्दा नै नवसंयोजित भनिएको नेपाल कम्युनिस्ट पार्टीभित्र सत्ता संघर्ष सुरु भयो । 

पार्टीभित्र र सरकारमा समेत केपी ओली हावी भएका र निरंकुश बन्दै गएका देखि सहन सक्ने कुरै थिएन प्रचण्ड–नेपाल–खनालहरूले । त्यसकै परिणाम नेकपा वास्तविक र भावनात्मक रूपमा एकीकृत हुनै पाएन ।

यहीबीच २ वर्षदेखि ’पेन्डिङ’मा रहेको नेकपा नामको विवादमा फैसला गर्दै सर्वोच्च अदालतले एमाले–माओवादी केन्द्रको एकीकृत भनिएको नेकपालाई खारेज गरिदियो र ऋषि कट्टेलका नाममा निर्वाचन आयोगमा दर्ता कायम नेकपाका पक्षमा फैसला गरिदियो ।

यसपछि साविककै दलहरूमा फर्किनुको विकल्प एमाले–माओवादी केन्द्रसँग रहेन ।

यो वर्तमानको नेपाली राजनीतिको सरसर्ती देखिने दृश्य हो ।

यो राजनीतिक दृश्यका पछाडिका उपदृश्यहरूको पनि चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

र, बामपन्थी गठबन्धनको प्रस्ट बहुमतको सरकार बनिसकेपछि आमजनका आशा र अपेक्षा स्वाट्टै बढे, जुन सवाभाविक हो । लामो अस्थिरता, हिंसा, अविकास र अन्योलबाट अब मुक्त भइएला भन्ने आमजनको आशामा छोटो समयमै तातो पानी खनियो ।

देउवा नेतृत्वमा आएपछि पनि लामो समयसम्म विभागहरू गठन हुन सकेनन् । नेता, कार्यकर्ताको व्यवस्थापन गर्न ठूलो पार्टीमा गाह्रो हुनु स्वाभाविक भए पनि कांग्रेस जस्तो लामो राजनीतिक र सांगठनिक अनुभव भएको पार्टीले समेत आन्तरिक संगठन र व्यवस्थापनका कार्य समयमै मिलाउन नसक्नु ठूलै कमजोरी हो कांग्रेसको

सत्तारुढ बामपन्थी गठबन्धनभित्र अनेकौँ लफडा सुरु भए । सत्तारुढ दलकै एक पक्ष सत्ताको प्रमुख प्रतिपक्षको भूमिकामा देखियो । सत्तारुढकै असन्तुष्ट खेमा, जसको नेतृत्व वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले गरेका छन्, उनीहरू निरन्तर ओली र ओली प्रवृत्तिका विरुद्ध सडक संघर्षमा छन् ।

देश भने वैश्विक महामारी कोरोनादेखि आन्तरिक अव्यवस्था, भ्रष्टाचार, अनियमितता, हिंसा, बलात्कार र तसकरीको दलदलमा फस्दो छ । राज्यका सबैजसो क्षेत्रको अवस्था डामाडोल र भद्रगोल छ । यस्तो अवस्थामा सत्तारुढ दल त आफ्नै सिङको बोझिलो भारी बोकेर थला परिरहेको छ नै, सरकारलाई ’चेक एण्ड ब्यालेन्स’ गर्दै सरकारका गलत कामकारबाहीमा खबरदारी गरेर सही मार्गमा हिँडाउन प्रमुख भूमिका खेल्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने सत्ताको, अझ प्रधानमन्त्री केपी ओलीको छाया मात्र बनिरहेको छ ।

यही बेला कांग्रेस र यसका नेतृत्वप्रति अनेक प्रश्न उठिरहेका छन् । आखिर किन यस्तो बेलामा पनि कांग्रेस मौन छ ? कांग्रेस सचापति शेरबहादुर देउवाको रहस्यमय मौनताको कारक के हो ? देउवा किन ओलीप्रति यति उदार र निरीह बनिरहेका छन् ? यी यावत् प्रश्नको उत्तर चाहिरहेका छन् आमजन । तर, देउवा यसबारेमा चुँसम्म गर्नेवाला छैनन् ।

२ दिनअघि मात्र कांग्रेस महामन्त्री डा. शशांक कोइरालाकहाँ वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको बैठकले सभापति देउवाले माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितको गठबन्धनमा अबको सरकार बनाउनुपर्ने निष्कर्ष निकाल्दै सभापति देउवालाई सरकारको नेतृत्व गर्न अग्रसरता लिन दबाबसमेत दिए । तर, देउवा भने सरकारको नेतृत्व लिन हतार गर्ने पक्षमा नरहेको र प्रधानमन्त्री बन्ने रुचि पनि नभएको भनेर पन्छिए ।

यसपछि कांग्रेसभित्रको प्रतिपक्ष पौडल–कोइराला खेमाले देउवामाथि प्रश्न उठाउँदै आएको छ ।

यसका केही कारण छन्–

देउवाले ओलीसँगको अघोषित साँठगाँठमा व्यक्तिगत लाभ लिइरहेका छन् भन्ने कुरा धेरैले गर्दै आएका छन् । देउवालाई सत्तामा जानु र नजानुमा खासै फरक नपर्ने कांग्रेसभित्रकै केहीको धारणा छ । उनी जसरी हुन्छ, आफ्ना मानिसलाई ओलीसँगको मिलेमतोमा विभिन्न ठाउँमा नियुक्ति दिलाउन सफल छन् र देउवाले चाहेका अभीष्ट पूरा गर्न ओली बाधक बन्दैनन् ।

जे जस्ता र जुनसुकै कारणबाट भए पनि लोकतान्त्रिक मुलुकको प्रमुख प्रतिपक्षले सरकारले गरेका हरेक नकारात्मक काम बारबाही र व्यवहारलाई टुलुटुलु हेरेर मौनं स्वीकृति लक्षणंको अवस्थामा बस्नुलाई भने लोकतन्त्रको वैश्विक अभ्यासमै अनौठो मानिन्छ ।

यससँगै कांग्रसको आसन्न महाधिवेशनका लागि देउवा स्वयं आकांक्षी छन् र त्यसका लागि उनी बढी केन्द्रित हुन चाहन्छन् । यही भएर देउवा अहिले सरकारमा गएर पार्टी सत्ता कमजोर बनाउने पक्षमा देखिँदैनन् । 

कांग्रेसको महाधिवेशन नजिक छ । कोरोनाको कारण देखाउँदै रोकिएको कांग्रस महाधिवेशन ढिलो वा चाँडो नगर सुखै छैन । कांग्रेसभित्रकै पदीय र अहंको किचलोका कारण पार्टी थिलथिलो बनेको छ । संगठन शून्यको अवस्थामा छ । पार्टीका नेता, कार्यकर्तामा अनुशासन र प्रशिक्षणको नितान्त अभाव छ । देउवा नेतृत्वमा आएपछि पनि लामो समयसम्म विभागहरू गठन हुन सकेनन् । नेता, कार्यकर्ताको व्यवस्थापन गर्न ठूलो पार्टीमा गाह्रो हुनु स्वाभाविक भए पनि कांग्रेस जस्तो लामो राजनीतिक र सांगठनिक अनुभव भएको पार्टीले समेत आन्तरिक संगठन र व्यवस्थापनका कार्य समयमै मिलाउन नसक्नु ठूलै कमजोरी हो कांग्रेसको ।

यी यावत् समस्या, अड्चन, अवसर र चुनौतीका बीच शेरबहादुर देउवा पुनः एक पटक पार्टीको नेतृत्व लिन चाहन्छन् । उनको यही मनशायका कारण देउवा अहिले सरकारको नेतृत्व लिन रुचि देखाइरहेका छैनन् भन्ने एकाथरीको बुझाइ छ । र, परिदृश्य हेर्दा यो तथ्य हो जस्तो पनि लाग्छ ।

उता, अर्को संस्थापनइतर खेमा अर्थात् पौडेल, कोइरालालगायतको खेमा भने देउवालाई सरकारको नेतृत्वमा भुलाएर आफ्नो खेमालाई आगामी महाधिवेशनमा नेतृत्वका लागि तयार पार्ने दाउमा छ । यो कुराबाट देउवा स्वयं अनभिज्ञ छैनन् ।

तर, जे जस्ता र जुनसुकै कारणबाट भए पनि लोकतान्त्रिक मुलुकको प्रमुख प्रतिपक्षले सरकारले गरेका हरेक नकारात्मक काम बारबाही र व्यवहारलाई टुलुटुलु हेरेर मौनं स्वीकृति लक्षणंको अवस्थामा बस्नुलाई भने लोकतन्त्रको वैश्विक अभ्यासमै अनौठो मानिन्छ । लोकतन्त्र निश्चित विधि, मान्यता, अनुशासन र प्रक्रियामा चल्ने शासन पद्धति हो । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष रहनुको पनि विशेष अर्थ छ । सरकार स्वेच्छाचारी, अराजक र निरंकुश नहोस्, सरकारका गलत कामकारबाहीमा प्रतिपक्षले रोक लगाओस् भन्नाका लागि प्रतिपक्षको व्यवस्था गरिएको हुन्छ ।

तर, यस्तो प्रतिपक्ष रचनात्मक वा सिर्जनात्मक हुनु जरुरी छ । सरकारका सबै राम्रा, नराम्रा काममा विरोध गर्नु वा आलोचना गर्नु मात्र प्रतिपक्षको काम र जिम्मेवारी होइन । सरकारका राम्रा काम र असल नियतले गरेका व्यवहारहरूलाई सहयोग र समर्थन गर्नु र देश अनि जनतालाई हानि, नोक्सानी हुने, अहित हुने काम कारबाही गर्न नदिनु प्रतिपक्षको जिम्मेवारी हो ।

तथापि, हामीकहाँ कहिल्यै पनि यस्ता रचनात्मक र सिर्जनशील प्रतिपक्ष जन्मिएनन् । जन्मिए त ढुंगामुढा गरेर, तोडफोड गरेर, अराजकता मच्चाएर सत्ता पलट गर्न सकिन्छ भन्ने हिंसात्मक सोच र व्यवहार भएका मात्र जन्मिए ।

पछिल्लो समय भने कांग्रेस जस्तो प्रतिपक्ष पाएको छ प्रष्ट बहुमतको बामपन्थी सरकारले, जो धेरै दिनदेखि भोको तर दिनभर हरियो घाँस चरेर साँझमा उग्राइरहेको भैँसी जस्तो छ । कुनै कुराको वास्ता छैन, आफ्नो जिम्मेवारी र कर्तव्यको कुनै बोध छैन । बरु सत्तापक्षकै असन्तुष्टहरूको विरोध, आलोचना र संघर्षलाई हेरेर मस्तले उग्राइरहेको छ कांग्रेस ।

कांग्रेसको यस्तो चरित्रले देश र जनतालाई नोक्सानी त भएकै छ, स्वयं कांग्रेसलाई पनि निकै ठूलो घाटा हुँदै छ । आगामी निर्वाचनमा कांग्रेसले के एजेण्डा लिएर जनतामा जान्छ ? यो प्रश्न जताततै सुनिन्छ । हुन पनि हो, अब कांग्रेससँग के एजेण्डा छन्, जुन पढेर, सुनेर र ती पूरा हुने आस गरेर जनताले भोट दिऊन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…