Khabarpato logo

         

अन्तर्वार्ता

'यो ५ वर्षमा हामीले प्रस्टता र दृढताका साथ हाम्रा बाचा पूरा गर्नेछौँ'

खबरदाता

खबरदाता

'यो ५ वर्षमा हामीले प्रस्टता र दृढताका साथ हाम्रा बाचा पूरा गर्नेछौँ'

बिना गौतम शाक्य, लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । वीपी कोइरालाको राजनीतिक आदर्शबाट प्रेरित गौतम गणेशमान सिंह, मंगलादेवी, शैलजा आचार्यहरूलाई राजनीतिका आदर्श व्यक्तित्व ठान्नुहुन्छ । लोकतन्त्र र जनअधिकारको रक्षा तथा सम्वद्र्धन भए मात्र नागरिकले स्वाभाविक र सहज ढंगले आफ्ना अधिकार उपभोग गर्न पाउँछन् भन्ने मान्यता उहाँको छ ।

नेपाली कांग्रेस आवद्ध महिला संघ, विभिन्न ट्रेड युनियनहरू र भ्रातृ तथा शुभेच्छुक संगठनमा विभिन्न जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरिसक्नुभएकी गौतमले यस पटकको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका- १४ नम्बर वडामा नेपाली कांग्रेसबाट महिला वडा सदस्यमा उम्मेदवारी दिनुभएको छ । बिना गौतम शाक्यसँग वडा- १४ का समस्या र योजनामा केन्द्रित रहेर गरिएको कुराकानी प्रस्तुत छ ।
 
काठमाडौं महानगरपालिका- १४ बाट महिला वडा सदस्यमा उम्मेदवार बन्नुभएको छ । वडाका समस्या र आवश्यकता के कस्ता देख्नुभएको छ ?

उत्तरः काठमाडौं महानगर भन्नेबित्तिकै देशकै केन्द्र हो । देशको राजधानीसमेत भएकाले यहाँ हरेक क्षण मानिसको चाप बढ्नु स्वाभाविक हो । शहर पूरै भरिएर अहिले बस्ती गाउँसम्म छिरेको छ । डाँडापाखासमेत बस्तीले शहीकरण भइरहेका अवस्था छ ।

यसो भन्नुको मतलब के भने, काठमाडौंमा बढेको मान्छेको संख्यासँगै यहाँका आवश्यकता पनि बढ्छन्, बढेका छन् । सडक, बिजुली, खानेपानीका समस्या त सधैँ नै देखिइरहिएकै छन्, यीबाहेक पनि दैनिक तथा अतिआवश्यक कार्यहरूमा स्थानीय तहले, जनप्रतिनिधिहरूले गर्नुपर्ने काममा समेत कठिनाइ भइरहेका गुनासा सुनिँदै आएका छन् ।

हामी महिलाका समस्या र अप्ठ्यारा समाधानका लागि हामी आफैँले अघि सर्नुपर्ने देखिएको छ । महिलामैत्री कार्यालयदेखि महिलामैत्री सार्वजनिक स्थलहरूको व्यवस्था, सुत्केरी महिलाका लागि विशेष व्यवस्था, घरेलु हिंसा र विभेदका विरुद्ध जनचेतना जगाउने र यसलाई रोक्ने सवालमा पनि धेरै काम गर्नु छ ।

यस्ता विषय र अप्ठ्याराहरूमा सहजीकरण गर्नु जनप्रतिनिधिको कर्तव्य हो । खासमा जनप्रतिनिधिको व्यवस्था नै त्यसकै लागि गरिएको हो भन्ने लाग्छ । यसर्थ यी कामसँगै यस वडामा देखिएको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, फोहोर र सरसफाइको सनरन्तरको जनगुनासोलाई सधैँका लागि अन्त्य गर्न यहाँको फोहोरमैलाको उचित र दीर्घकालीन व्यवस्थापन गर्ने काम मेरो कार्यकालमा हुनेछ ।

यी आवश्यकता र समस्यालाई ५ वर्षमा पूरा गर्न सकिन्छ भन्ने आधार केके छन् ?

उत्तरः पहिलो कुरा त जनप्रतिनिधिहरू छान्ने भनेकै यिनै काम गर्नका लागि हो । आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी जे हो, त्यो नै पहिलो प्राथमिकता हो जनप्रतिनिधिको । हामीले जितेर आएमा हाम्रो सङ्कल्प नै जनताका लागि ५ वर्ष भन्ने हो । यो ५ वर्षमा हामीले प्रस्टता र दृढताका साथ हाम्रा बाचा पूरा गर्नेछौँ । यही नै पहिलो आधार हो हामीले गरेका बाचा पूरा गर्ने ।

अर्को कुरा, हामी वर्षौंदेखि यही क्षेत्रमा, यही वडामा छौँ । यहाँका विगतका समस्या, आवश्यकता, वर्तमानका अप्ठ्यारा र गर्नै पर्ने कामहरू राम्ररी थाहा पाएका छौँ । यसर्थ, हिजोका जनप्रतिनिधिले हाम्रा जेजे आवश्यकता, समस्या र अप्ठ्याराहरू पूरा गर्न भ्याउनुभएन, ती अब हामीले गर्ने प्रण गरेका छौँ ।

गठबन्धनबाट तालमेलसहित चुनावमा जाँदाका सजिला र अप्ठ्यारा केके पाउनुभयो ?

उत्तरः पक्कै पनि फरकफरक विचार र मार्गदर्शनका दलहरूले संयुक्त रूपमा मत माग्दा, संयुक्त रूपमा एजेन्डाहरू प्रस्तुत गर्दा केही असहज जस्तो हुनेरहेछ । तर, हामी अहिले केन्द्र सरकारदेखि स्थानीय सरकारसम्ममा गठबन्धन र तालमेल गरेरै अगाडि बढिरहेकाले यस्ता सामान्य असहजता जस्तो लाग्ने कुराहरूलाई भुल्दै एउटै प्यानल जस्तो भएर आएका छौँ । अप्ठ्यारो भन्ने कुरा त सोच्ने कुरा मात्र न हो ।

खासमा गठबन्धनका कारण हामीलाई अझ बलियो र सशक्त बनाएको महसुस भएको छ । संविधानको रक्षा तथा जनताका घरदैलोमा केन्द्रका अधिकार अनि विकासका निम्ति पनि हामीले गठबन्धन र तालमेलको नीति लिएका हौँ । प्रतिगमनलाई केन्द्रदेखि स्थानीय तहसम्म नै परास्त गर्ने उद्देश्यले पनि गठबन्धन र तालमेल आवश्यक ठानिएको हो । यस कारण असहज र अप्ठ्यारो मान्नुपर्ने देखिँदैन ।

आफ्ना मतदातालाई भन्नुपर्ने कुराहरू केही छन् ?

उत्तरः अहिले देशको अवस्था नै अप्ठ्यारो छ । केन्द्रदेखि स्थानीय तहसम्म नै विभिन्न संकट सामना गरिरहनुपरेको अवस्था छ । यस्तो बेला विकासका, जनजीविकाका, रोजगारीका, स्थानीय आवश्यकताका, स्वास्थ्यका सवाल निकै बढेका छन्, यो स्वाभाविक पनि हो ।

गाउँटोलका सरसफाइका र बाटो, ढल निर्माणका काम पनि सजिलै र समयमा हुन सकेका छैनन्, स्थानीयका वडाबाट हुनुपर्ने कामहरू पनि सजिलैसँग नभइरहेका गुनासा आइरहेका छन्, टोल, बजार व्यवस्थापनका कुरा पनि उठिरहेका छन् । यी सबै कामलाई प्रभावकारी र दिगो ढंगले समाधान गर्ने सङ्कल्प मैले गरेकी छु । यही कुरा स्थानीयहरूलाई भन्न चाहन्छु ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

'यो ५ वर्षमा हामीले प्रस्टता र दृढताका साथ हाम्रा बाचा पूरा गर्नेछौँ'

'यो ५ वर्षमा हामीले प्रस्टता र दृढताका साथ हाम्रा बाचा पूरा गर्नेछौँ'

बिना गौतम शाक्य, लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । वीपी कोइरालाको राजनीतिक…

'प्रज्ञाप्रतिष्ठानहरू गहना मात्र भएका छन्': नेपाली लेखक संघ अध्यक्ष श्रेष्ठ

'प्रज्ञाप्रतिष्ठानहरू गहना मात्र भएका छन्': नेपाली लेखक संघ अध्यक्ष श्रेष्ठ

तीर्थ श्रेष्ठ समाज सेवा, साहित्य लेखन र राजनीतिको त्रिपक्षीय यात्राका सफल यात्री मानिन्छ…

'बोर्डले आफ्ना कमजोरीलाई सच्चाउनुको साटो खेलाडीमाथि प्रहार गर्‍यो': क्यान बोर्ड सदस्य दाहाल

'बोर्डले आफ्ना कमजोरीलाई सच्चाउनुको साटो खेलाडीमाथि प्रहार गर्‍यो': क्यान बोर्ड सदस्य दाहाल

पछिल्लो एक साता नेपाल क्रिकेट संघ (क्यान) ले ४ जना खेलाडीमाथि गरेको कारबाही विवादम…

'दलहरू निकास निकाल्न लागेनन् भने बुझौँ- चोलेन्द्रसँग फाइदा लिए र अझै पनि लिन चाहन्छन्'

'दलहरू निकास निकाल्न लागेनन् भने बुझौँ- चोलेन्द्रसँग फाइदा लिए र अझै पनि लिन चाहन्छन्'

प्रकाश वस्ती न्यायालयको दुरवस्थाको कारण यो अवस्था आउनुको जिम्मेवार प्रणाली अर्थात् सिस्टम…