'हाम्रै भित्रबाट शकुनिहरू निस्किए'
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टीभित्रकै शकुनिहरूका कारण धेरै पालिकामा हार बेहोर्नुपरेको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रका सकुनी, मिर्जाफर र मिरकाशिमका कारण ८८ वटा पालिकामा हार बेहोर्नुपरेको...
अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासका दोषी ४१ वर्षपछि रिहा
सन् १९८१ मा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको हत्या प्रयास गर्ने जोन हिन्क्ले मानसिक अस्पतालबाट छुटेको ६ वर्षपछि बुधबार पूर्णतया स्वतन्त्रता प्राप्त गरेका छन् ।यस महिनाको सुरुमा वासिंगटनको अदालतले उनलाई रिहा गर्न अनुमति दिएको थियो । अन्ततः ४१ वर्ष २ महिना...
'कांग्रेस र माओवादी केन्द्र मिलेर अघि बढेपछि गठबन्धनमा समस्या देखियो'
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गत निर्वाचनमा गठबन्धनको मर्मविपरीत नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर अघि बढेकाजनाएका छन् । मंगलबार काठमाडौंमा जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेता नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको निर्णयअनुसार सिट बाँडफाँटगर्नसमेत...
'एसपीसी सम्झौताबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जबाफ दिनुपर्छ'
सत्तारूढ नेपाली कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जबाफदिनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद थापाले अमेरिकासँग गर्न लागिएको भनिएको एसपीपीबारे प्रधानमन्त्रीले संसदमा जबाफ...
आन्तरिक विवादका कारण जसपाको विधान सम्मेलन स्थगित
आन्तरिक विवाद बढेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को विधान सम्मेलन स्थगित भएको छ । २ असारका लागि यसअघि नै तोकिएको विधान सम्मेलन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । अर्को सूचना नभएसम्मका लागि विधान सम्मेलन अहिलेका लागि...
महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण
परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमलाकुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् । प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा राखेका छन् । मुद्दाको किनारा नलाग्दै अभियुक्त वलीलाई...
आर्थिक संकटमा पाकिस्तान, सर्वसाधारणलाई कम चिया पिउन सुझाव
पाकिस्तान आर्थिक विपत्ति उन्मुख अवस्थामा छ । सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन । पाकिस्तानमा कतिसम्म आर्थिक संकट छ भन्ने कुरा त्यहाँकै एक संघीय मन्त्रीको भनाइबाट पनि पुष्टि हुन्छ । देशको अर्थतन्त्र जोगाउन भन्दै एक...
२ खर्ब ७५ अर्बको बजेट ल्याउँदै ७ प्रदेश
देशभरका प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक गर्दै छन् । प्रदेश सरकारहरूको ५ वर्षे कार्यकालको यो नै अन्तिम बजेट हो । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले...
सुनको मूल्य १ हजार ८०० रुपैयाँले घट्यो
सुनको मूल्य मंगलबार तोलामा १हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला १हजार ८०० रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९८ हजार ९००...
सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुलसँग १० घन्टा सोधपुछ
भारतमा नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा कांग्रेस नेता राहुल गान्धीसँग सोमबार १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिएको छ । थप सोधपुछका लागि राहुललाई आज पनि बोलाइएको भारतीय संचारमाध्यमहरूले जनाएका छन् । प्रवर्तन निर्देशनालयले नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति...
नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोक्का
नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का भएको छ । २ बैंकबीच शुक्रबार एकआपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००:९० शेयर...
'बाम गठबन्धन छाडौँ, लोकतान्त्रिक गठबन्धन बनाऔँ'
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले लोकतान्त्रिक गठबन्धन निर्माणगरेर संघीय संसदीय निर्वाचनमा जानुपर्ने एजेन्डा अघि सारेको छ । नेपाली कांग्रेसले बामपन्थी शक्तिसँग निरन्तर गठबन्ध गरेर अघि बढ्दा लोकतान्त्रिक मूल्य, मान्यतामा कालान्तरमा ह्रास आउने र बामपन्थी शक्ति झन् बलियो बन्दै जाने...
योगेशले संसदमा अर्थमन्त्रीको राजीनामा मागे
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले मध्यरातिपूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउने अर्थमन्त्री शर्मालेराजीनामा दिनुपर्ने बताएका छन् । सोमबार संचार माध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर...
मलको विषयमा छलफल गर्न संसदमा स्थगनको प्रस्ताव प्रस्तुत, छलफल जारी
प्रतिनिधिसभा बैठकमा प्रस्तुत स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ । सोमबारको बैठकमा नेकपा एमालेका प्रमुख सचेकत विशाल भट्टराईले मलको विषयमा छलफल गर्न भन्दै प्रस्तुत गरेको स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ । एमालेका प्रमुख सचेतक भट्टराईसहित १५ जना सांसदले संसदमाजारी बजेटमाथिको छलफल...
गत सातामा ३० अंकले घटेको नेप्से यो साता कस्तो रहला ?
गत साता नेप्से १ दशमलब ४७ प्रतिशत अर्थात् ३० दशमलब ५४ अंक घटेको थियो । त्यस अघिल्लोे साता २०७८ दशमलब ७० विन्दुमा रहेको नेप्से गत साताको अन्त्यसम्म घटेर २०४८ दशमलब १६ बिन्दुमा झरेर बन्द भएको थियो । बुधबार ६० अंकले...
'इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले द्वन्द्व निम्त्यायाे'
इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको चीनका रक्षामन्त्री जनरल वेई फेङ्गेले बताएका छन् । २महाशक्तिबीचको सम्बन्ध महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै फेङ्गेले द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने कार्य अमेरिकाको हातमा रहेको बताए । एसियाको प्रमुख सुरक्षा बैठक सांग्रिला...
'प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो'
प्रमुख प्रतिपक्षी दल एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय मागेर सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने माग गरेका हुन् । प्रधानमन्त्री देउवाको...