Khabarpato logo

         

अन्य

उपत्यकामा वायु प्रदूषण: अझ बढ्न सक्ने, सतर्क रहन वातावरण विभागको अनुरोध

खबरदाता

खबरदाता

उपत्यकामा वायु प्रदूषण: अझ बढ्न सक्ने, सतर्क रहन वातावरण विभागको अनुरोध

केही दिनदेखि काठमाडौंँ उपत्यकामा बढेको वायु प्रदूषणले वातावरणविद् र स्वास्थ्यविद् चिन्तित बनेका छन् । यससँगै सर्वसाधारणमा समेत त्रास बढेको छ ।

यसैबीच वातावरण विभागले काठमाडौँ उपत्यकामा वायु प्रदूषण उच्च भएकाले घरबाहिर ननिस्कन सबैमा अपिल गरेको छ । 

विभागले आइतबार वित्तप्ति जारी गर्दै १३ चैतदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेकाले मानिसलाई घरबाहिर ननिस्कन अपिल गरेको हो ।

अहिलेको वायु प्रदूषणले बालबालिका, जेष्ठ नागरिक, दम, खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटु रोगीहरूलाई बढी असर गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रदूषण उत्पन्न हुने आगो नबाल्न र सवारी साधन कम चलाउन विभागले सबैलाई अनुरोध पनि गरेको छ । सचेतना नअपनाए अझै खराब स्थिति आउन सक्ने विभागको भनाइ छ । काठमाडौं उपत्यकाको रियल टाइम एयर क्वालिटी इन्डेक्स ३०० भन्दा बढी पुगेको छ । यो भनेको खतराको संकेत भएको विज्ञहरू बताउँछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

It's Enough! Stop it and Start a New Way

It's Enough! Stop it and Start a New Way

Sticking on the Prime Minister's chair, KP Sharma Oli has been playing with…

निर्वाचन आयोगले ठाकुर खेमासँग माग्यो लिखित जबाफ

निर्वाचन आयोगले ठाकुर खेमासँग माग्यो लिखित जबाफ

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो खेमासँग लि…

लमजुङमा गएको भूकम्पबाट २४१ घरमा क्षति, परकम्प जारी

लमजुङमा गएको भूकम्पबाट २४१ घरमा क्षति, परकम्प जारी

लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर हिजो बिहान गएको भूकम्पको बिगत २४ घण्टामा ८६ प…

पेट्रोल/डिजेललगायत इन्धनको मूल्य बढ्यो

पेट्रोल/डिजेललगायत इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको छ । उल्लेख…