Khabarpato logo

         

समाचार

२२१ समाचार


रुसलाई प्रतिबन्ध लगाउने विषयमा जर्मन चान्सलरसँग जेलेन्स्कीको वार्ता

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मन चान्सलर ओलाफ सोल्जसँग वार्ता गरेका छन् । वार्ताका क्रममा रक्षात्मक सहायता, ऊर्जा क्षेत्रमा सहयोग र रुसमाथि बढ्दो प्रतिबन्धहरूबारे छलफल भएको थियो । हामी जर्मनीसँगको उच्च स्तरको वार्ता र हाम्रो संघर्षमा वर्लिनको समर्थनको कदर गर्छौं, राष्ट्रपति...


पर्यटकको सुविधाका लागि सटल बस सेवा

निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बस सेवा संचालन गर्ने भएको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौंमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने असुविधालाई ध्यानमा राखेर सटल बस संचालन गर्न लागेको...


रिभर फल्स पावरको आईपीओ बिक्री खुला

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ लाख ३० हजार कित्ता शेयर...


इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकार मृत्यु

वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारकोमृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएका छन् । अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली...


रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको युक्रेनको दाबी

रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको र प्रमुख शहर वरपरका केही गाउँहरू पुनः कब्जा गरेको युक्रेनी सेनाले जनाएको छ । रुसले पूर्वी युक्रेनको दोनबास अभियानमा सफल भए पनि मस्कोले लामो युद्धको तयारी गरिरहेको अमेरिकी सुरक्षा अधिकारीहरूले चेतावनी दिएका छन् । यसैबीच...


यसो गर्दा मत बदर हुन्छ

३० वैशाखमा देशभर स्थानीत तह निर्वाचन हुँदै छ । सही तरिकाले मतदान नगरे मत बदर हुन्छ । यस कारण मतदान गर्दा केही कुरामा ध्यान दिन जरुरी छ । निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ ।...


नियम निलम्बन गरी पूर्वबजेट छलफल

सरकारले नियम निलम्बन गरी संसद्मा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम निलम्बन गरेर संसद्मा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने तयारी सरकारले गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ । यो आर्थिक कार्यविधि...


श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । ८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२:०८ बजे त्रिभुनव अन्तर्राष्ट्रिय...


लिभरपुलले हरायो एस्टन भिल्लालाई

१ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ अन्तरले पराजित गरेको छ । मंगलबार भिल्ला मैदानमा लिभरपुलले पुनरागमन जित निकालेको हो । जितसँगै लिभरपुलले उपाधिहोड कायमै राखेको छ । लिभरपुलको जितमा जोएल माटिप र...


पुटिनले मार्शल ल लागू गर्न सक्छन्ः अमेरिका

अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्शल ल लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुनर्स्थापितगर्न सक्ने टिप्पणी गरेका छन् । अमेरिकी सिनेट समितिको सुनुवाइमा निर्देशक हेन्सले सो धारणा राखेका हुन् । रुसले अस्तित्वको खतरा सामना गरे...


श्रीलंकामा कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

श्रीलंकामा सरकारविरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ ।इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाजुमहिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिएतर पनि हिंसा रोकिएको...


'यो ५ वर्षमा हामीले प्रस्टता र दृढताका साथ हाम्रा बाचा पूरा गर्नेछौँ'

बिना गौतम शाक्य, लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । वीपी कोइरालाको राजनीतिक आदर्शबाट प्रेरित गौतम गणेशमान सिंह, मंगलादेवी, शैलजा आचार्यहरूलाई राजनीतिका आदर्श व्यक्तित्व ठान्नुहुन्छ । लोकतन्त्र र जनअधिकारको रक्षा तथा सम्वद्र्धन भए मात्र नागरिकले स्वाभाविक र सहज ढंगले आफ्ना अधिकार...


जनकपुरधाममा रोचक भिडन्त

मधेसप्रदेशको स्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको चुनाव पेचिलाे बन्दै गएको छ । प्रदेशको राजधानी भएकाले पनि राष्ट्रिय राजनीतिक पार्टीदेखि मधेसकेन्द्रित दलहरूको नजर जनकपुरधाममा छ । जनकपुरधाम उपमहानगरपालिकाका १२७ पदका लागि १ हजार ९७ जनाले उम्मेदवारी दिएका थिए । प्रमुखमा उम्मेदवारी दिएकामध्ये...


मनाङे मन्त्रीको कुर्सीमा, मुद्दा सर्वोच्चमा

राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर स्थगित भयो । मुद्दा...


रुसी राष्ट्रपतिबारे बाइडेनको टिप्पणीः पुटिन अनुमान गर्न माहिर व्यक्ति

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो नभएको टिप्पणी गरेका छन् । वासिङ्टनमा एक राजनीतिक कोषमा बोल्दै बाइडेनले पुटिन धेरै अनुमान गर्ने व्यक्ति भएको र अझै पनि किभको अवस्थाका बारेमा के गर्ने भनेर पत्ता...


प्रधानमन्त्री देउवालाई भेट दिएनन् पौडेल र ओझाले

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतबाट चुनावी अभियानमा रहँदा भेट्न चाहेका २ नेता हुन्, पुष्करनाथ ओझा र जगन्नाथ पौडेल । नेता ओझा कैलाली र पौडेल चितवनका हुन् । देउवाले चाहे पनि दुवै नेताले भेट गर्न भने अस्वीकार गरे । ओझालाई...


चुनावका मुखमा केपी ओलीका झूटका चाङ

केदार सुवेदी जति ठूला दल र नेता, त्यही मात्राको झूट बोल्दा रहेछन् भन्ने सत्य स्थानीय निर्वाचनका क्रममा प्रकट भएको छ । यस्तो झूटो दाबी गर्नेमा सबैभन्दा अग्रस्थानमा देखिनुभएको छ एमालेका अध्यक्ष केपी शर्मा ओली । सुदूरपूर्व इलामको चुलाचुलीमा होस् कि...


ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प

ताइवानको पूर्वी तटमा सोमबार ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पलगत्तै ताइपेईका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराइ २७ दशमलब ५ किलोमिटर रहेको...


ताइवान नजिक चिनियाँ जनमुक्ति सेनाले गर्‍यो सैन्य अभ्यास

चिनियाँ सेनाले ताइवान नजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाइँ अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । ताइवानले दाबी गरेको टापु नजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका...


३३ ओभर छोट्याइएको खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

नेपाल भ्रमणमा रहेको जिम्बाब्वे 'ए' र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसीय खेल साेमबार हुँदै छ । कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । भ्रमणकारी टोली जिम्बाब्वेले भने सुरुवाती ब्याटिङ गर्नेछ । खेल निर्घारित समयअनुसार ९...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै