एमालेको अस्तित्व अवसानको संघारमा
अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनबाट प्रभावित भई नेपालमा आमूल परिवर्तन गर्नका लागि करिब ७० वर्षअघि ६ वैशाख २००६ मा शहीद गंगालाल श्रेष्ठका सहोदर भाइ पुष्पलाल श्रेष्ठसमेत ४ जनाले स्थापना गरेको र हजारौँशहीदको रगतले लत्पतिएको कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी(एमाले) लाखौँजनताको सपनालाई यथास्थितिमा...
के हो देउवाको रहस्यमय माैनताको अर्थ ?
पछिल्लो समय देशमा बढेको राजीतिक अन्योल र अस्थिरताका कारण समग्र मुलुक नै जर्जर र अशान्त बन्दै गएको छ । लामो समयको हिंसा, काटमार र अन्योलबाट मुक्तिको आमअपेक्षा क्रमशः धुलिसात् हुँदै गएको अवस्था छ । अघिल्लो निर्वाचनमा एमालेमाओवादी केन्द्रको बामपन्थी गठबन्धनलाई...
किन 'बटारिए' माधव नेपाल-झलनाथ खनाल ?
हुनत निकै अघिदेखि तत्कालीन (सर्वोच्चको फैसलापछि वर्तमान पनि) नेकपा एमालेमा विभिन्न खेमा छँदै थिए । २०४७ सालमा तत्कालीन माले र मार्क्सवादी एकता भएर बनेको एमालेमा २०५० सालमा दासढुंगा दुर्घटनामा तत्कालीन पार्टी महासचिव मदन भण्डारीको मृत्यु भएपछि प्रस्ट धार वा खेमा...
ओली-नेपाल भेटः ओलीको ललिपपमा फकिएलान् माधव नेपाल ?
झण्डै ६ महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट खेमाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतबीच अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता चलिरहेको छ । यी २खेमाबीच जुँगाको लडाइँले निकै लामो समय लिएको छ । झण्डै ३ वर्षअघि...
वैदेशिक रोजगारी: नियन्त्रण, अनुगमन र नियमनबाहिर
राजनीतिक अस्थिरता हिंसा द्वन्द्व र रोजगारीको उपयुक्त अवसरको अभावमा नेपालीहरू वैदेशिक रोजगारीमा जान थालेका हुन् । सन् १८१० को दशकबाटै नेपालीहरू वैदेशिक रोजगारीमा जान थालेका इतिहास पाइन्छ । भारतमा बेलायती उपनिवेशको समयमा त्यहाँ रहेको इष्ट इण्डिया कम्पनीमा काम गर्नका लागि...
लोभी कांग्रेस: माओवादी-समाजवादीसँग घाँटी जोडेर सत्तामा जान हतारमा
केपी शर्मा ओलीलाई चड्कन हान्न कांग्रेससँग घाँटी जोड्न लागेको माओवादी केन्द्रले त साथ देला तर घाटा-नाफाको हिसाब राम्ररी गर्न जान्ने दोमुखा जनता समाजवादी पार्टीले यसै गर्ला भन्न गाह्रो छ । फोहोरी खाले राजनीतिको खेलमा दौरा-सुरुवालमा आइरन गरेर मुखबाट पानी चुहाउँदै...
विद्रोहको नूतन काव्यशास्त्र: रेमिकाको 'महाकाल सिसिफस'
मेरो हातमा 'महाकाल सिसिफस' छ- रेमिका थापाको । देख्नमा कविता छन् । यानिकी, अक्षर छन्, शब्द छन् । एउटा निश्चित संरचना छ । तर, अन्तर्यमा एउटा प्रलयङ्कार छ, एउटा विद्रोह छ । आँखाले पढेर र मस्तिष्कले बुझ्न खोजेर पुगिरहेको छैन...
नेपाली कांग्रेस: नीति, नियति र नियत
नेपाली कांग्रेसको नीति जबजब नेपालमा प्रजातन्त्र र राष्ट्रियतामा सङ्कट आउँछ अनि बहसको केन्द्र भागमा नेपाली कांग्रेसको नाम आउँछ । यसो हुनुमा नेपाली कांग्रेसको स्थापना र त्यसपछिका क्रियाकलापले प्रजातन्त्रका पक्षमा निरन्तर लागिरहेको इतिहास कारक हुनुपर्छ । वास्तवमा प्रजातन्त्र भनेको नीतिप्रधान शासन...
जनअपेक्षा र राष्ट्रिय आवश्यकता भुलेको कांग्रेस
संसद पुनःस्थापनासँगै जन्मिएको नयाँ राजनीतिक परिवेशमा सबैभन्दा पुरानो दल नेपाली कांग्रेसको आवश्यक भूमिका र उसले चाल्न सक्ने सम्भावित कदमका बारेमा राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । संसदमा प्रमुख प्रतिपक्षीको हैसियतमा रहेको कांग्रेस पछिल्लो ३ वर्ष कुम्भकर्ण निद्रामा थियो ।...
विरासत गुमाउँदै गएको कांग्रेस: ... तर सुध्रिँँदैैन
नेपाली राजनीतिमा पछिल्लो समय घोर अनिश्चितता, अन्योल र छटपटी बढेको छ । छँदा खाँदाको करिब दुई तिहाइ मतको कम्युनिस्ट सरकार सत्तारुढहरूबीचकै किचलोका कारण घिटीघिटी बनिरहेका बेला सर्वोच्चअदालतले एकीकरण गरेको भनिएका २ कम्युनिस्ट घटक एमाले र माओवादी केन्द्रलाई आआफ्नै घर आँगनमा...
वैमनस्य, घृणाको व्यापार र हाम्रो प्रवृत्ति
निद्राभयमैथुनञ्च सामान्यमेतत् पशुभिर्नराणाम् धर्माे हि तेषामधिको विशेषः धर्मेणहीनाः पशुभिःसमानाः । आहार, निद्रा, डर र मैथुन मानिस, पशुलगायत सम्पूर्ण जीवनधारीहरूका लागि सामान्य आवश्यकता र स्वभाव हुन् । मानिसलाई मानवेत्तर प्राणीबाट पृथक् राख्ने गुण भनेको धर्म हो । यदि त्यो धर्म नै...
सम्पादकीय: 'निष्पक्ष समाचार, तटस्थ विचार'को प्रयास
सूचना र प्रविधिको विकाससँगै आजको समयमा विश्वभरका घटना, दुर्घटनाबारे घरमै बसीबसी जानकारी लिन सकिने भएको छ । आमचासोका विषयलाई एक क्लिकको भरमा संसारभर फैलाउन सकिने भएको छ । यो आधुनिक विज्ञान र प्रविधिको महत्त्वपूर्ण र अर्थपूर्ण देनलाई धन्यवाद दिनै पर्छ...
सर्वोच्चको फैसला, राजनीतिक भद्रगोल र विकल्प
ऋषिराम कट्टेलको नाममा दर्ता कायम रहेको 'नेपाल कम्युनिस्ट पार्टी'को नामसँग मिल्ने उहीनाम 'नेपाल कम्युनिस्टपार्टी(नेकपा)' राखेर२३ जेठ २०७५मानिर्वाचनआयोगमा दर्ता गरिएको तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर बनेको दलको अस्तित्व आइतबारको सर्वोच्च अदालतको फैसलाले समाप्त गरिदिएको छ । ऋषिराम...
बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने सम्भावना कति ?
सर्वोच्च अदालतको फैसलासँगै 'नेकपा' नामको विवाद त टुङ्गियोसाथै वर्तमान सरकार बनाएको दलको हैसियत समाप्त भईपूर्वएमाले र पूर्वमाओवादी केन्द्रमा ओर्लिएपछि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको यो सरकार पूर्वएमालेको सरकारमा रूपान्तरण भएको छ । एकीकरणअघि संघीय संसदमा एमालेका १२१ जना...
प्रकोपै प्रकोपबीच राजनीतिक प्रकोप
४ जनवरी २०२१ (२० पुस२०७७) का दिन नेपालको राजधानी शहर विश्वको एक नम्बरमा पर्न सफल भयो, सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा । उक्त दिन हावाको गुणस्तर सूचकांकले प्रदूषणको स्तर ६०० हाराहारी पुगेको रेकर्ड गरेको समाचार सुनियो । ऐतिहासिक सम्पदाहरूले भरिपूर्ण यस...